गोदावरीका पुरातात्त्विक सम्पदा संरक्षणका लागि सर्वोच्चको कारण देखाउ आदेश « Khabarhub

गोदावरीका पुरातात्त्विक सम्पदा संरक्षणका लागि सर्वोच्चको कारण देखाउ आदेश


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले ललितपुरको गोदावरी क्षेत्रका ऐतिहासिक र पुरातात्त्विक सम्पदाको संरक्षण नगरेको विषयमा कारण देखाउ आदेश जारी गरेको छ।

अधिवक्ताहरू चिरञ्जीवी नेपाल र राजाराम श्रेष्ठले दायर गरेको रिटमा प्रारम्भिक सुनवाइपछि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले नगरपालिका र नगरकार्य समितिका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

न्यायाधीश पोखरेलको इजलासले अधिवक्ताद्वयको रिटलाई अग्राधिकार प्रदान गर्ने आदेश गरेको छ।

ललितपुर क्षेत्रमा छैठौँ शताब्दीदेखिका धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका ऐतिहासिक सम्पदाहरू भए पनि पुरातत्त्व विभागदेखि स्थानीय सरकारसम्मले संरक्षणमा ध्यान नदिँदा मासिने जोखिममा रहेको रिट दाबी छ।

रिटमा तत्काल सम्पदाको सूचीकरणका लागि स्थानीय सरकारका नाममा आदेश माग गरिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : ३० बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु