‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’ « Khabarhub

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने तमु ल्होसार पर्वले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

तमु (गुरुङ) समुदायको महान पर्व‘‘तमु ल्होसार’ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

‘तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको छ । यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ’, उनले भनेका छन् ।

कार्यवाहक सभापति खड्काले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ८ : ४८ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही