चितवनमा थपिए ३४ मतदान केन्द्र « Khabarhub

चितवनमा थपिए ३४ मतदान केन्द्र


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र थपिएका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा भन्दा अहिले हुन लागेको निर्वाचनमा मतदाता थपिएसँगै जिल्लामा मतदान केन्द्र थप भएका हुन् ।
 
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार गत निर्वाचनमा जिल्लामा ४६० मतदान केन्द्र रहेकामा आगामी फागुन २१ गते हुने निर्वाचनमा ४९४ केन्द्र कायम गरिएको छ । त्यसमा क्षेत्र नम्बर १ मा १६८, क्षेत्र नम्बर २ मा १५२ र क्षेत्र नम्बर ३ मा १७४ मतदान केन्द्र कायम गरिएको छ ।
 
उनका अनुसार मतदानस्थल भने थप भएका छैनन् । गत निर्वाचनमा कायम रहेका १६२ मतदानस्थल नै कायम गरी केन्द्र थप गरिएको उनले जानकारी दिए । उनले भने, ‘मतदान केन्द्र थपिएका छन्, स्थल भने पहिलाको नै हो ।’
 
क्षेत्र नम्बर १ मा ५६, क्षेत्र नम्बर २ मा ४३ र क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थल रहेको उनले जानकारी दिए । यस वर्षको प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।
 
उनले ३३ हजार ७४० जना मतदाता थपिएको बताए। क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ र क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ मतदाता कायम भएको उनले बताए।
 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : ४१ बजे

दार्चुलामा ९२ हजार ९४८ मतदाता कायम

खलङ्गा– दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

गुरुङ पहिरनमा प्रधानमन्त्री, भनिन्- निर्वाचनबाट युवाले चाहेजस्तो देश बनाउन सकिन्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अब फागुन

दक्षिण कोरियाली राष्ट्रपति लीको चीन भ्रमण

सियोल– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्ना समकक्षी सी

बालेन जाने भनिएको झापाबाट रास्वपाको समानुपातिकमा रविकी कट्टर समर्थक ज्वाला मात्रै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाबाट समानुपातिक सूचीमा ज्वाला