राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री « Khabarhub

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन् ।
 
बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनुपर्ने जोड दिइन् ।

उनले अभियन्ता प्रसाईंका कैयौँ माग जनताका पक्षमा रहेकाले तिनलाई सम्बोधन गर्न सरकारले गृहकार्य गरिरहेको स्पष्ट गर्दै आफ्ना असन्तुष्टि र माग मुद्दाहरू शान्तिपूर्ण तरिकाले राख्न अनुरोध गरिन् ।  
 
राजनीतिक अस्थिरतासहित अन्योल र अशान्तिको अवस्थाबाट देशलाई निकास दिन प्रतिनिधि सभाको सदस्यका लागि निर्वाचन हुन आवश्यक रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई सफल बनाउने राष्ट्रिय अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गरिन् ।
 
मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन् ।
 
‘धेरै अप्ठ्यारो अवस्थाबाट देशलाई अहिलेको अवस्थामा ल्याएका छौँ, सम्बद्ध सबै पक्षको साथ सहयोगमा तोकिएको मितिमा निर्वाचन सम्पन्न गराएर देशलाई राजनीतिक निकास दिन अहोरात्र खटिएका छौँ,’ उनले भनिन्, ‘सबै किसिमका संशयलाई चिर्दै मुलुक निर्वाचनको माहोलमा होमिएको छ । यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ र सक्रिय रुपमा सहभागी भई निर्वाचनलाई सफल बनाऔँ ।’
 
‘हामी पनि न्यायका पक्षधर हौँ, सत्ताभोग र सुखसयल गर्न सरकारमा आएका होइनौँ । भ्रष्टाचारको अन्त्य, शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ । सबै कामको नतिजा रातारात नदेखिए पनि आधारशिला तयार गरेका छौँ । तपाईंले उठाउनुभएका कतिपय माग, मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ । अझै थप छलफल गर्दै जाऔँला, सरकार सदैव यहाँहरूकै साथमा छ’ प्रधानमन्त्री कार्कीले भनिन् ।
   
सो अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्बिर दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : ५७ बजे

अपांगता भएका व्यक्तिलाई एनएमबि बैंकको सहायता सामाग्री

काठमाडौं– एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा

नवनिर्वाचित सांसदहरूको शपथ सुरू (लाइभ)

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम

हर्कले भने : सरकारको सकारात्मक काममा साथ दिन्छौँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।