कांग्रेसको समानुपातिक सूची : भीष्मराज, अर्जुननरसिंह, भीमसेनदासदेखि डा. चन्द्रमोहनसम्म « Khabarhub

कांग्रेसको समानुपातिक सूची : भीष्मराज, अर्जुननरसिंह, भीमसेनदासदेखि डा. चन्द्रमोहनसम्म


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि कांग्रेसले बन्दसूची बुझाउन सकेको थिएन । मंगलबार बिहान मात्रै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहितका नेता सूची बुझाउन पुगेका थिए ।

तर त्यसपछि पनि सभापति देउवासँग सल्लाह गर्न नेताहरू आयोगबाट महाराजगञ्ज पुगेका थिए ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाइएको छ ।

बन्दसूचीमा २०६४ सालदेखिका समानुपातिक सांसदहरूलाई नराखिएको उनले बताए ।

कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा पदाधिकारीतर्फ सह-महामन्त्री भीष्मराज आङ्देम्बेले मात्र अवसर पाएका छन् । अन्य अधिकांश नयाँ अनुहार छन् ।

यसमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव र पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि समेटिएका छन् । केही पूर्वमन्त्री र पूर्वसांसदले पनि यसमा मौका पाएका छन् ।

११० मध्ये ५९ जनाको सूची

भीष्मराज आङ्दम्बे
गोपालमान सिंह राजभण्डारी
बलकुमार लिंखा
विजय सम्बाहाम्फे
गीता गुरुङ
गीताकुमारी सेन्दाङ
सविता राई
प्रेमिका राना मगर
निर्मला गुरुङ
गोमाकुमारी भट्टराई
सुशीला ढकाल आचार्य
रुक्मिणी देवी कोइराला
रिना उप्रेती
जमिल अख्तर मिया
गोमा केसी
डा. प्रमिला गच्छदार
मनुमाया विश्वकर्मा
चन्द्रेश्वर शर्मा खत्वे
नगमा शाहिद
चन्दन झा
मनहरि श्रेष्ठ
सत्यनारायण चौधरी
रामसुन्दर महरा
कञ्चनाकुमारी पासवान
निनु कर्ण
कविता यादव
सुजाता देवी
परमिला महतो
औरमिला कुमारी यादव
मो. अन्सार खाँ
डा. चन्द्रमोहन यादव
महेन्द्र यादव
रामनरेश कुशवाहा
राजेन्द्र जयसवाल
प्रियन्का दास
पवित्रा सुनार
सहजान खातुन
शान्ता कुमारी तामाड
नियती सिंह
ग्याल्जे शेर्पा
पेम्वा छिरिङ तामाङ
सेतेमान तामाङ
महेन्द्र थिङ
विनोदप्रकाश कायस्थ
जगतबहादुर तामाङ
गणेशमान चक्रधर
भीमसेनदास प्रधान
नारायण श्रेष्ठ
डा. गंगालक्ष्मी अवाल
रेनुका काउचा
कमला राजभण्डारी
शकुन्तला शर्मा
अर्जुननरसिंह के.सी.
श्रीविनोद भट्टराई
सीतादेवी देवकोटा
सीता थपलिया (उर्मिला)
उमा शिवाकोटी
शर्मिला श्रेष्ठ
छिरिङ डोल्मा शेर्पा

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ३ : ३४ बजे

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया