समानुपातिक सूचीबारे रास्वपालाई आशिकाको प्रश्नः पुरानाको भन्दा फरक के भयो ? « Khabarhub

समानुपातिक सूचीबारे रास्वपालाई आशिकाको प्रश्नः पुरानाको भन्दा फरक के भयो ?


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिलाउन सक्रिय सामाजिक अभियन्ता आशिका तामाङ फेरि चर्चामा आएकी छन्।

आन्दोलनका बेला रातदिन खटिएकी उनलाई समर्थकहरूले आशिका ‘दिदी’का रूपमा सम्बोधन गर्छन्।जेन–जीहरूको दबाब र माहोलकै बीच देश निर्वाचन प्रक्रियातर्फ उन्मुख हुँदै गर्दा दलहरूले सोमबार र मंगलबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाएका छन्।

तर ती सूचीमा पुराना भनिएका नेपाली कांग्रेस र नेकपा एमालेदेखि नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीसम्ममा नेताका आफन्त, परिवारका सदस्य, व्यापारी र पुरानै अनुहार दोहोरिएको भन्दै आलोचना भइरहेको छ।

विशेषगरी ‘नयाँ पार्टी’ भनेर स्थापित रास्वपाको समानुपातिक सूचीमाथि तीव्र आलोचना भइरहेको सन्दर्भमा आशिका तामाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत दुई गम्भीर प्रश्न उठाएकी छन्।

उनले लेखेकी छन्, ‘सक्षमता भनेको डिग्रीमा मात्रै हुन्छ भन्ने ठूलो भ्रम रहेछ। धेरै डिग्री भएकाले मात्रै देश हाँक्न सक्ने भए डा. बाबुराम भट्टराईले उहिल्यै देश सिङ्गापुर र स्विजरल्यान्ड बनाइसक्नु पर्ने थियो।’

दोस्रो प्रश्न उनले रास्वपामाथि गरेकी छन् । उनले लेखेकी छन्, ‘७० वर्षको ससुरा बा पनि समानुपातिक आठ नम्बर कोटामा! भनेपछि नयाँ पार्टीमा पनि नातावाद हाबी छ ? के फरक भयो त नयाँ र पुरानो पार्टीमा ?’ उनले प्रश्न गरेकी छन्।

आशिकाले उठाएको यो प्रश्न सोमबार मात्रै रास्वपामा प्रवेश गरेका कुलमान घिसिङका ससुरा नाता पर्ने धर्मलाल तामाङ लक्षित हो। आदिवासी जनजाति क्लस्टरअन्तर्गत समानुपातिक सूचीको आठौं नम्बरमा रहेका धर्मलाल तामाङ कुलमानका भाइका ससुरा भएको बुझिएको छ।

उनी यसअघि एमाले छोडेर उज्यालो नेपाल पार्टीमा आएका थिए। सो पार्टीलाई कुलमान घिसिङले हालै रास्वपामा समाहित गरिसकेका छन्। यसअघि पनि आशिकाले सामाजिक सञ्जालमा लैंगिक विभेदबारे कडा टिप्पणी गर्दै लेखेकी थिइन्, ‘यो देशमा नारीले रगत बगाएर योगदान दिए पनि अन्त्यमा पुजिने भनेको पुरुष नै रहेछ। नेपाली समाजमा अझै गहिरो विभेद छ।’

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : ०२ बजे

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको