आजबाट संसद्को हिउँदे अधिवेशन सुरु « Khabarhub

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु

दुवै सदनको बैठक बस्दै


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभातर्फको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ ।

सभामुख देवराज घिमिरेले अधिवेशन आव्हान सबन्ध राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन् साथै राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।

त्यसपछि आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरूको नामावली सार्वजनिक गर्नेछन् भने बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तव्य राख्ने क्रम सुरु हुनेछ ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल एनलाई संशोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने संसद् सचिवालयले जनाएको छ । 

उता, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, नीजिकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल येनलाई संशोधन गर्ने अध्यादेश–२०८१ भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल येन संशोधन गर्ने अध्यादेश, र भूमि सम्बन्धी केही नेपाल येनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्मा निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : २१ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष