मधेश केन्द्रित गठित कार्यदलकाे बैठक बस्दै « Khabarhub

मधेश केन्द्रित गठित कार्यदलकाे बैठक बस्दै


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूको कार्यदलले आजदेखि कार्यक्रम सुरु गरेको छ । शुक्रबार कार्यदलले दुइवटा कार्यक्रम गर्ने भएको हो ।

कार्यदलले शुक्रबार बिहान मुक्कुमलुङमा गोली लागि घाइते भएका योद्धासँग भेट्ने छ । ताप्लेजुङस्थित धार्मिक स्थल मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केवलकारको विवादमा शनिबार साँझ गोली प्रहार हुँदा धेरै जना घाइते भएका थिए ।

केही घाइतेहरूको काठमाडौं महाराजगन्जस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । आज १० : ३० मा हस्पिटलमै गएर भेटघाट गर्ने कार्यक्रम रहेको छ ।   

यस्तै आजै बिहीबार गठित कार्यदलको बैठक बस्ने छ । बैठक दिउँसो ३ बजे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) नेपालको संसदीय दलमा बस्ने बताइएको छ । 

बैठकमा जनता समाजवादी पार्टी (जसपाका इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशीलका शिवजी यादव र तमलोपाका ब्रजेस सिंह सहभागि हुने छन् ।

कार्यदलले अवधारणा, एजेन्डा, मोडिलाटी र आचारसंहिता सँगसँगै समग्र राजनीतिक परिस्थितिबारे दृष्टिकोण बनाएर शीर्ष नेताहरू समक्ष प्रतिवेदन पेस गर्ने सदस्य केशव झाले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : १६ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष