चारवटा अधिवेशनमा १७ विधेयक पास भए, यो सुखद खबर हैन : भट्टराई « Khabarhub

चारवटा अधिवेशनमा १७ विधेयक पास भए, यो सुखद खबर हैन : भट्टराई


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले विधेयकहरू छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बै‌ठकमा बोल्दै भट्टराईले देशले छोटो समयमा निकै उपलब्धि हासिल गर्नुपर्ने, तर समयको धेरै सुविधा नभएकाले जनअपेक्षा समयमै सम्बोधन बताए ।

‘संसद कानुन निर्माणको थलो बनोस् भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । यो अपेक्षाप्रति म आभार प्रकट गर्छु । चारवटा अधिवेशनमा ४० वटा विधेयक दर्ता भएका थिए’, भट्टराईले भने, ‘३७ वटा विधेयक सरकारले दर्ता गरेका थिए । तीनवटा गैरसरकारी विधेयक थिए । दु:खका साथ भन्नुपर्छ – गएका चारवटा अधिवेशनमा १७ वटा विधेयक पास भए ।’

यो स्थिति सुखद नभएको बताउँदै भट्टराईले आजदेखि सुरु भएको संसद्‌को पाँचौँ अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा लिन अनुरोध गरे ।

उनले विभिन्न समितिमा १४ वटा विधेयक भएको समेत बताए । प्रतिनिधि सभामा ३ वटा र राष्ट्रिय सभामा ३ वटा विधेयक दर्ता भएको बताउँदै भट्टराईले अन्य विध्येक पनि सरकारको तर्फबाट हुने दर्ता बताए ।

‘अध्यादेशबाट जन्मिएको पार्टीले नै अध्यादेश गलत भन्यो’

भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले नै अध्यादेश गलत भन्दै हिँडेको देख्दा अचम्ममा परेको बताए । वर्तमान सरकारले संसद्‌ बैठक स्थगित गरी यसबीच ल्याएको आधादर्जन विधेयकप्रति प्रतिपक्षी दलहरूको असन्तुष्टि छ ।

सोही असन्तुष्टिप्रति इङ्गित गर्दै एमाले सचिव भट्टराईले एमाले फुटाउन माधव नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला अध्यादेश ल्याउन लगाएको तर्क गरे ।

उनले भने, ‘अध्यादेशबाट जन्मिएको पार्टीले नै अध्यादेश गलत भन्दै छ । यो के हुन लागेको हो ? अचम्मै भएको छ ।’ उनले अध्यादेश ल्याउनु नौलो कुरा नभएको भन्दै भारतमा पनि सरकारले चाहिँदा अध्यादेश ल्याएको उदाहरण दिए ।

भट्टराईले अगाडि भने, ‘अध्यादेश ल्याउनु नौलो कुरा हैन । विगतमा हेर्दा विपक्षी दलका नेता प्रधानमन्त्री भएको बेला ०७९ पछि उहाँले तीनवटा अध्यादेश ल्याएर १४ वटा कानुन संशोधन गर्नुभयो । केपी ओलीले मात्र अध्यादेश ल्याएको हैन । नियमित प्रक्रिया हो । अध्यादेशको प्रक्रियामा कसैले विरोध जनाउनु पर्दैन । कन्टेन्टमा हामीसँग केही असहमति छन् भने पुष्पकमल दाहालकै नामबाट संशोधन आओस्‌, छलफल गरौँ ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ०९ बजे

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल