संविधान संशोधन गर्दा आधारभूत विशेषता कमजोर हुनुहुँदैन : सभापति देउवा « Khabarhub

संविधान संशोधन गर्दा आधारभूत विशेषता कमजोर हुनुहुँदैन : सभापति देउवा


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर हुन नहुनेमा जोड दिएका छन् । 

उनले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीतालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने जोड दिएका हुन् । 

‘संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ,’ प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सम्बोधन गर्दै देउवाले भने, ‘संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीतालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनु हुँदैन । 

देउवाले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नु पर्नेमा जोड दिँदै संविधान संशोधनका लागि आफूहरूले छलफल प्रारम्भ गरी सकेको बताए । ‘हामीले अन्य राजनीतिक दलहरूसँग पनि संवाद, सहमति र सहकार्यका साथ अगाडि बढ्नु पर्दछ,’ उनले भने । 

सभापति देउवाले वर्तमान संविधान प्रारम्भ भएको १० वर्ष भइसकेको भन्दै १० वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखा परेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकताअनुसार संविधान संशोधन वा परिमार्जन गर्नु पर्ने पनि बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ०६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा