सरकारलाई माओवादीले सोध्यो- संविधान संशोधनको विषय कहाँ हरायो ? « Khabarhub

सरकारलाई माओवादीले सोध्यो- संविधान संशोधनको विषय कहाँ हरायो ?


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षीय दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई संविधान संशोधनको विषयबारे प्रश्न गरेको छ ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सम्बोधन गर्दै शुक्रबार माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तारूढ कांग्रेस–एमालेलाई संविधान संशोधनको एजेन्डाबारे प्रश्न सोधेका हुन् ।

‘सरकारले संविधान संशोधनको विषय ल्यायो तर, त्यो कता हरायो ?,’ पाण्डले प्रश्न गरे । गत असार १७ गते राति कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति पत्रमा उल्लिखत संविधान संशोधनको एजेन्डा अघि नबढेपछि माओवादी केन्द्रले प्रश्न गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउने गरेर समग्रतामा अगाडि बढ्नु पर्नेमा जोड दिए ।

‘म के अनुरोध गर्दछु सरकारलाई भने, हामीले जनतालाई हेरेर मुखले बोलेर होइन, व्यवहारमा काम गरेर सँगसँगै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउने गरेर समग्रतामा अगाडि बढौँ,’ उनले भने, ‘यो अधिवेशन त्यसका लागि सफल रहने छ ।’

प्रमुख सचेतक पाण्डेले संविधान संशोधनका लागि सरकारले ल्याएका सकारात्मक विषयवस्तुमा सहयोग गर्ने र गलत विषयवस्तुमा प्रतिवाद गर्ने पनि प्रष्ट पारे ।

‘म हाम्रोतर्फबाट सकारात्मक रुपमा सरकारले ल्याएका विषय वस्तुहरूलाई सहयोग गर्ने, गलत विषय वस्तुहरूबारे प्रतिवाद गरेर अगाडि बढ्ने, जनताको साथमा रहने, जनतातिर फर्किरहने आफ्नो धारणा राख्दै भनाइलाई अन्त्य गर्दछु,’ पाण्डेले भने ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ४२ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष