स्वर्णिमले भने- संविधान संशोधनले अहिलेका विकृति पखाल्न सक्नुपर्छ « Khabarhub

स्वर्णिमले भने- संविधान संशोधनले अहिलेका विकृति पखाल्न सक्नुपर्छ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संविधान संशोधन र शासकीय पुनर्संरचनाका लागि अहिलेका विकृति पखाल्ने गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै वाग्लेले संविधान र शासकीय पुनर्संरचनामा आमराष्ट्रिय सहमति हुने गरेर अघि बढनु पर्ने बताएका हुन् ।

‘संविधान र शासकीय पुनर्संरचनामा आम राष्ट्रिय समहति हुने गरेर हामी अहिलेका तमाम विकृतहरू पखाल्ने गरेर अगाडि बढौँ,’ उनले भने, ‘यसमा यो अधिवेशन कामयाव होस् ।’

यसअघि संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउने गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

संविधान संशोधनका लागि सरकारले ल्याएका सकारात्मक विषयवस्तुमा सहयोग गर्ने र गलत विषयवस्तुमा प्रतिवाद गर्ने प्रमुख सचेतक पाण्डेको भनाइ थियो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ४९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक