स्वर्णिमले भने- संविधान संशोधनले अहिलेका विकृति पखाल्न सक्नुपर्छ « Khabarhub

स्वर्णिमले भने- संविधान संशोधनले अहिलेका विकृति पखाल्न सक्नुपर्छ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संविधान संशोधन र शासकीय पुनर्संरचनाका लागि अहिलेका विकृति पखाल्ने गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै वाग्लेले संविधान र शासकीय पुनर्संरचनामा आमराष्ट्रिय सहमति हुने गरेर अघि बढनु पर्ने बताएका हुन् ।

‘संविधान र शासकीय पुनर्संरचनामा आम राष्ट्रिय समहति हुने गरेर हामी अहिलेका तमाम विकृतहरू पखाल्ने गरेर अगाडि बढौँ,’ उनले भने, ‘यसमा यो अधिवेशन कामयाव होस् ।’

यसअघि संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउने गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

संविधान संशोधनका लागि सरकारले ल्याएका सकारात्मक विषयवस्तुमा सहयोग गर्ने र गलत विषयवस्तुमा प्रतिवाद गर्ने प्रमुख सचेतक पाण्डेको भनाइ थियो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ४९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा