भूमिसम्बन्धी अध्यादेश र सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न रास्वपाको माग « Khabarhub

भूमिसम्बन्धी अध्यादेश र सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न रास्वपाको माग


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानले नचिनेको संयन्त्रको सल्लाह लिएर सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।

शुक्रबार संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधनका क्रममा वाग्लेले भूमिसम्बन्धी अध्यादेश अत्यन्त विवादित भएको बताएका छन् । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिएर संशोधन गर्नुपर्ने बताए ।

‘नेपालको जाँचबुझ आयोग अनुसार सबै नेताको सम्पत्ति छानबिन होस् । सबै काण्डको छानबिन समिति गठन गर्नुपर्छ । ७ महिनामा सरकार एकै व्यक्तिमाथि खनियो । निर्वाचित अधिनायकत्वतर्फ सरकार गयो । अध्यादेशमा एक दुई कुरा राम्रा छन्’, उनले भने, ‘’राम्रालाई हामी पनि राम्रो भन्छौँ। भूमि सम्बन्धी अध्यादेश अत्यन्त विवादित छ । संविधानले नचिन्ने संयन्त्र बनाएर अध्यादेश ल्याउने काम गरियो । आसेपासेले ऐन बनाउने काम आपत्तिजनक छ । सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिएर फेरि संसाधनसहित पेस गर्नुपर्छ ।’

उनले दुई ठूला दलको बलमा बनेको सरकार भए पनि अर्थतन्त्र तंग्रिन नसकेको बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ५५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि