संवैधानिक प्रावधानअन्तर्गत नै सरकारले अध्यादेश ल्याएको हो : सीके राउत « Khabarhub

संवैधानिक प्रावधानअन्तर्गत नै सरकारले अध्यादेश ल्याएको हो : सीके राउत


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संवैधानिक प्रावधान अन्तर्गत नै सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् । 

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा बोल्ने क्रममा उनले सरकारले अध्यादेश ल्याउँदैमा डराई हाल्नु नपर्ने पनि बताए । 

‘अध्यादेश ल्याउने बित्तिकै कार्यान्वयन गरेर केही उथलपुथल गरिहाल्नुभएको छैन । त्यसैले अध्यादेश ल्याउने बित्तिकै एकदम डराई हाल्नुपर्ने अवस्था छैन,’ अध्यक्ष राउतले भने, ‘यो संवैधानिक प्रावधान अन्तर्गतै अध्यादेशहरू ल्याइएका हुन् । त्यसलाई हामी स्वागत नै गर्छौँ । कमसेकम केही काम त भयो ।’

उनले सरकारले अझै अध्यादेश ल्याए पनि जनमत पार्टीका लागि आपत्तिको विषय नभएको समेत बताए । ‘सरकारले अध्यादेश ल्यायो । म त्यसलाई अन्यथा लिन्न । म भन्छु अझ बढी अध्यादेश ल्याए पनि हुन्थ्यो,’ राउतले भने, ‘कमसेकम देखाउनलाई त हुन्थ्यो, यति यति होमवर्क भइराखेको थियो भनेर । किनकि अध्यादेश ल्याउने बित्तिकै कार्यान्वयन गरेर केही उथलपुथल गरिहाल्नुभएको छैन ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : ५४ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको