क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ « Khabarhub

क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभौतिक मुद्रा क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न व्यक्तिलाई संगठित रूपमा परिचालन गरी विभिन्न माध्यमबाट ठगी गरेको आरोपमा ७ जना व्यक्तिलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

कैलालीका माइकल डंगौरा, कैलालीकै अनिल बिश्वकर्मा, काठमाडौंका पियुष श्रेष्ठ, दोलखाका अश्विन चौलागाइँ, रौतहटका सत्यमकुमार सहनी, भारत बिहारका रोशन कुमार र मुन्ना कुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूले संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको, विभिन्न बैंकका वालेटमा पहुँच पुर्‍याइ रक ठगी गरेको, विभिन्न विज्ञापनहरूबाट साइबर फिसिङ गरेको, हुन्डी कारोबार गरेको लगायतका गैर कानुनी कारोबार गरेको आरोप प्रहरीले लगाएको छ । 

उनीहरूबाट सुपर कम्प्युटरको सिपियु, मोबाइलहरू, बैंकका चेक र पाँच लाख ५० हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्मको डिजिटल फरेन्सिक रिपोर्टबाट सो समूहले ३ अर्ब बढी ठगी गरेको जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : १० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा