एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक आह्वान « Khabarhub

एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक आह्वान


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही माघ २८ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

यही माघ ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा, कार्यसूची अनुमोदन गर्ने उक्त पार्टीको वडा तहबाटै सङ्गठन गठन र पुनःगठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गरिने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने जनाइएको छ ।

राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिने बैठकमा सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । यही माघ २९ गते पोलिटब्यूरो बैठक बस्ने कार्यसूची छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १० : १४ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक