प्रविधिलाई आधार बनाउँदै अघि बढ्नु आजको आवश्यकता : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

प्रविधिलाई आधार बनाउँदै अघि बढ्नु आजको आवश्यकता : पूर्वराष्ट्रपति भण्डारी


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुनसरी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।

आज धरानको पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको डेल्टा ५.० राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै उनले इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी नवप्रवर्तन र आविष्कारको आधार स्तम्भ भएको बताए ।

उनले भने, “मेरो सम्पूर्ण ध्यान देशको शिक्षा, स्वास्थ्य रोजगारी र जलवायु परिवर्तनका असरको न्यूनीकरणमा केन्द्रित गरेको छु । क्याम्पस र विद्यालय ज्ञान उत्पादन गर्ने थलो भएकाले यसलाई जीवनसँग जोडेर अगाडि बढ्नुपर्ने हुन्छ ।”

धरान इञ्जिनियरिङ क्याम्पसले देशका अन्य क्याम्पसको समेत अगुवा हुनुपर्ने बताउँदै उनले अनुसन्धानबाट प्राप्त ज्ञानलाई सम्बन्धित क्षेत्रमा लागू गरी कार्यान्वयन गर्न सुझाव दिए।

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो रहेको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले भने, “१३औँ शताब्दीमा चीन गएर प्यागोडा शैलीको विस्तार गर्ने अरनिको र मल्लकालमा काठमाडौंमा ढुङ्गेधारा भूमिगत सिँचाइदेखि लिएर मूर्तिकला, वास्तुकला र शिवको कौशल उतार्ने पुर्वजलाई सम्झँदा गर्व लाग्छ ।”

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १० : ३० बजे

खोकनामा सिकाली जात्रा, आफ्नै मौलिक परम्परामा रमाउँदै स्थानीय

काठमाडौं– नेपालीहरूको प्रमुख चाड दसैँ देशभर मनाइरहँदा काठमाडौंको खोकनामा भने

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने