नितिसको विष्फोटक ब्याटिङमा राजस्थान विजयी : चेन्नई ६ रनले पराजित « Khabarhub

नितिसको विष्फोटक ब्याटिङमा राजस्थान विजयी : चेन्नई ६ रनले पराजित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा राजस्थानले चेन्नई सुपर किङ्लाई ६ रनले हराएको छ ।

१८३ रनको लक्ष्य पछ्याएको चेन्नाई ६ विकेट गुमाउँदै १७६ रनमा सीमित भएको हो । चेन्नईका लागि कप्तान ऋतुराज गाइक्वाडले सर्वाधिक ६३ रन जोड । ४२ बलको उनको पारीमा ७ चौका र १ छक्का समावेश थियो ।

चेन्नईविरुद्ध आक्रामक देखिएका राजस्थानका जोफ्रा आर्चरले ३ ओभरमा सुरुवातमा नै ३ ओभर बलिङ गरेर १३ रन खर्चेर १ विकेट लिए । वानिन्दु हर्साङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए ।

यसअघि चेन्नई सुपर किङको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतीमा १८२ रन जोडेको थियो । राजस्थानका नितिस रानाले ३६ बलमा ८१ रन जोडे । उनले १० चौका र ५ छक्का प्रहार गरे । उनी प्लेयर अफ द म्याच बने ।

कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान गरे । चेन्नईका खालिल अहदम, नुर अहमद र नातिसा पाथिरानाले समान दुईदुई विकेट लिए । नुर अहदमले ३ खेलमा ९ विकेट लिइ सकेका छन् । घरेलु भूमिमा लगातार दोस्रो हारले चेन्नई सुरुवातमा नै अप्ठेरोमा परेको छ । लगातार दुई खेलमा पराजित राजस्थानले पहिलो जित दर्ता गरेको हो ।

आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटलसँग सात विकेटले पराजित भएको थियो । आईपीएल अन्तर्गत सोमबार मुम्बाई इन्डियन र कोलकात्ता नाइट राइडर्स भिड्दैछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ११ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब