रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको फराकिलो जित « Khabarhub

रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको फराकिलो जित


१७ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा गिरोनालाई ४-१ ले हराएको छ।

जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडमाथि तीन अङ्कको अग्रता कायम गरेको छ। गिरोनाका लाडिस्लाभ क्रेजेकीले गरेको आत्मघाती गोलका कारण बार्सिलोनाले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको ५३ औँ मिनेटमा अनार्ट डन्जुमाले बराबरी गोल गरेका थिए।

फ्रान्क डी जोङसँग सहकार्य गर्दै लेवान्डोस्कीले ६१ औँ मिनेटमा गोल गरे। ७७ औँ मिनेटमा उनले अर्को गोल गरे। सो गोल उनको यस सिजनको लिगको २५ औँ हो। फेरान टोरेसले थप गोल गरे।

बार्सिलोनाले पछिल्ला ९ लिग खेलमा जित हात पारेको छ। स्पेनिस ला लिगाका आइतबार भएका अन्य खेलमा भिल्लारियलले गेटाफेलाई २-१ ले र रियल बेटिसले सेभियालाई २-१ ले हराए। भ्यालेन्सियाले मालोर्कासँगको खेलमा १-० को सफलता पायो। एथलेटिक क्लब र ओसासुनाबीचको खेलमा गोलरहित बराबरी भयो। तालिकामा बार्सिलानाको ६६ तथा रियल म्याड्रिडको ६३ अङ्क छ। एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ भने एथलेटिक क्लबको ५३ अङ्क छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ७ : १४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का