ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्छ : मुख्यमन्त्री कार्की « Khabarhub

ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्छ : मुख्यमन्त्री कार्की


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आज ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले जनतामा सद्भाव विस्तार गरेर सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए ।

नेपालको संविधानले सबै जातजाति र धर्मालम्बीको अधिकार स्थापित गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले सबै मिलेर संविधानको रक्षा गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । ईद पर्वले एकताका साथमा शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने उनको विश्वास छ ।

संविधानले सबैलाई समान व्यवहार गरेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले संविधानको यस प्रावधानको रक्षा र संरक्षण गर्न प्रेरणा दिने बताएका छन् । नेपाल बहुजाति बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले हाम्रो आफ्नै मौलिक परम्परा र संस्कृति रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  २ : ०२ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि