आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री « Khabarhub

आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा– कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए ।

उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिक टन मल मौज्दात रहेको छ । जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र चार हजार ८५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

जिल्लामा चालू आवका लागि ११ हजार मेट्रिक टन युरिया, छ हजार मेट्रिक टन डिएपी र ५०० मेट्रिकटन पोटास मल आएको थियो । किसानहरुको माग बढिरहेको र शाखामा मौज्दात कम भएका कारण वैशाखदेखि रासायनिक मलको अभाव हुनसक्ने शाखा प्रमुख राजवंशीले बताए । “माग धान्ने गरी हामीसँग रासायनिक मल छैन”, प्रमुख राजवंशीले भने, “स्टक राखिएको मल पनि सकिन लाग्यो, वैशाखसम्म धान्न सक्छ ।”

थप रासायनिक मल वैशाखमा मात्र आउने बताइएको छ । चालु आर्थिक वर्षमा कार्यालयमा लक्ष्यभन्दा बढी बिक्री भइरहेको देखिएको उनले बताए । उनले अब चार हजार मेट्रिकटन मल आउने भए पनि पर्याप्त नहुने जानकारी दिए । उनले जिल्लामा अन्य मलको तुलनामा युरिया मलको माग ह्वात्तै बढेको बताए ।

यतिबेला झापामा चैते धान, मकै र चियामा मल लगाउनका लागि किसानहरुले छिमेकी मुलुक भारतका सीमावर्ती बजारबाट लुकीछिपी ल्याउने गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडबाट जिल्लाका १५ वटै पालिकामा तोकिएको सहकारीमार्फत मल वितरण हुँदै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  २ : ४२ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय