सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने « Khabarhub

सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् ।

आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो ।’ सभापति लामिछानेले भने, ‘यो डराउँछ भन्ने लागेको होला तर म लड्छु । तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ । थप केही मुद्दा लगाउनु छ भने लगाओस् ।’

लामिछाने पार्टी जिम्मेवारीमा फर्कने सूचना पाएपछि उनको स्वागतका लागि पार्टी सदस्य र शुभचिन्तकहरूको पार्टी कार्यालयमा बाक्लो उपस्थिति छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेको सांसद पद अहिले पनि निलम्बनमा छ । उनको अदालतमा मुद्दा विचाराधीन भए पनि पार्टीको जिम्मेवारीमा फर्कन लागेका हुन् ।

रास्वपाले पुस ८ गते लामिछानेको ठाउँमा पार्टी उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ३ : २९ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान