पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण : महामन्त्री थापा « Khabarhub

पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण : महामन्त्री थापा


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदानका अवसरमा उनले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा साना तथा मझौला होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

महामन्त्री थापाले कोरोनाबाट थला परेको नेपालको होटल क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्नुपर्ने उल्लेख गरे । लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सीता गुरुङले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन लोकतान्त्रिक होटल व्यवसायी सङ्घले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । लोकतन्त्रवादी होटल व्यवसायी एकताबद्ध भएर अगाडि बढेमात्र लोकतन्त्रलाई जोगाउन सकिने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका संयोजक अब्दुल सत्तारले पार्टीले निर्धारण गरेकै मितिमा लोकतान्त्रिक होटल सङ्घको अधिवेशन सम्पन्न गर्नुपर्ने बताए । व्यवसायीको समस्या समाधान गर्न कांग्रेस प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पर्यटन प्रवर्द्धनको क्षेत्रमा नेपालको होटल क्षेत्रले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । होटल क्षेत्रले नेपालको अर्थतन्त्रमा सहयोग गरेको उनको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले देशभर बसाइँसराइको दर भयावह बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले देशमा रोजगारी सिर्जना गर्न होटल व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको बताए ।

कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले कांग्रेसले व्यवसायीको संरक्षण गर्न लाग्नुपर्ने बताए । कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा स्थापना भएको लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले हाल देशभरका ४१ जिल्लामा आफ्नो जिल्ला शाखा गठन गरिसकेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले बताए ।

लाजिम्पाट बुटिक होटलको शुभारम्भ

वरिष्ठ होटल व्यवसायी लीलाप्रसाद ढकाल र शैलेश कार्कीलगायतको समूहले निर्माण गरेको लाजिम्पाट बुटिक होटलको शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा रु तीन करोड लागतमा निर्माण गरिएको उक्त होटलको आज कांग्रेस महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले शुभारम्भ गरे ।

सुविधासम्पन्न मिटिङ हलसहित निर्माण गरिएको १५ कोठाको होटलमा हाल २२ जनालाई रोजगार प्रदान गरिएको होटलका सञ्चालक ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ५ : ४४ बजे

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८