राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ « Khabarhub

राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका ८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सर्लाही, चक्रघट्टा गाउँपालिका १ का २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वर नगरपालिका ६ का १८ वर्षीय विजय यादव, गोकर्णेश्वर नगरपालिका ६ का १८ वर्षीय करन कुमार महतो रहेका छन् ।

त्यसैगरी, प्रहरीले गोकर्णेश्वर नगरपालिका ५ का २३ वर्षीय जोधन मण्डल, गोकर्णेश्वर नगरपालिका १ का ४५ वर्षीय उत्तम मण्डल र भारत बिहारका २९ वर्षीय सुनिल शर्मालाई पनि पक्राउ गरेको छ ।

२०८१ चैत ११ गतेदेखि हराएका साहको शव गाडेको अवस्थामा फेला परेको थियो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारामा उनको शव चैत १५ गते  माकलबारीको आरके मोटरसाइकल वर्कसपपछाडि गाडिएको अवस्थामा फेला परेको थियो ।

प्रारम्भीक अनुसन्धानमा लेनदेनको विवादका कारण हत्या भएको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ०४ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।