नागरिक स्वस्थ रहे देश स्वस्थ रहन्छ : सभापति थापा « Khabarhub

नागरिक स्वस्थ रहे देश स्वस्थ रहन्छ : सभापति थापा


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले नागरिक स्वस्थ रहेमात्र देश स्वस्थ रहने बताएका छन् ।

कैलालीको गोदावारी नगरपालिकामा सञ्चालित अधिकारमा आधारित यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सेवामा पहुँच सुदृढीकरण परियोजना समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

रोग लागे पनि नदेखाउने प्रवृत्ति अन्त्य हुनुपर्ने, स्थानीय तहमा प्रजनन् स्वास्थ्यमा सचेतना अभिवृद्धि गर्नुपर्ने र शिक्षा, स्वास्थ्य र विकासमा राजनीति गर्न नहुने सभापति थापाले बताए ।

गोदावारी नगरपालिकामा ‘पाइलट प्रोजेक्ट’का रुपमा सेन्टर फर रिप्रोडक्टिभ राइट, केयर, महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी), निड्स नेपाल र ह्युमननिट्रेन पार्टनरसिप प्लेटफर्मले परियोजना सञ्चालन गरेका थिए ।

विपद् व्यवस्थापन नीति तथा योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्दै आपतकालीन अवस्थामा पनि सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको कन्सोर्टियम प्रोजेक्टका प्राविधिक संयोजक शंकर धामीले जानकारी दिए ।

संयोजक धामीले सामुदायिक जवाफदेहिता संयन्त्रको स्थापना तथा कार्यान्वयन, विपद् तयारी, प्रतिकार्य र पुनर्स्थापनासँग सम्बन्धित कानुन र नीतिहरुमा प्रमाण–आधारित वकालत, स्वास्थ्यकर्मी तथा मानवीय सहायता प्रदायकको क्षमता विकास र विपद् अनुगमन प्रणालीमा यौन तथा प्रजनन स्वास्थ्यका सूचकहरु समावेश गरी कार्यान्वयनका लागि मानवअधिकार संस्थाहरुसँग पैरवी गर्ने परियोजनाको मूल उद्देश्य रहको बताए ।

नगरपालिकासँग समन्वय गरेर परियोजना सञ्चालन भएको नगर उपप्रमुख शारदादेवी रोकायाले बताइन् । उपप्रमुख रोकायले परियोजना पूर्णरुपमा सफल रहेको र यस्ता कार्यक्रम पालिकामा निरन्तर सञ्चालन गरिराख्न आग्रह गरिन् । परियोजना सञ्चालनपछि गोदावरी नगरपालिकामा ऐन निर्माण भएको, स्वास्थ्य सचेतनामा उल्लेख्य वृद्धि भएको उनले बताइन् ।

परियोजना सम्पन्न भएपछि गोदावरी नगरपालिकाले सुरक्षित मातृत्वमा ठूलो उपलब्धी भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । पालिकामा १८ वटा स्वास्थ्य संस्था रहे पनि सेवाका बारेमा सुसूचित नभएको उनले बताए ।

पालिकामा १०७ जना स्वास्थ्यकर्मी रहे पनि सबै समेट्न नसकेको, स्वास्थ्य स्वयमसेवकले ६ महिनादेखि तलब नपाएको, प्रदेश र केन्द्रले निःशुल्क उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराउने जस्ता स्वास्थ्य क्षेत्रका समस्या उनले सुनाए ।

केयर नेपालका कालिदास जोशीले २१ वटा वडामा २१ वटा समुदाय गठन गरी सहजकर्ता तोकेर काम गरेको बताए । समुदायले प्राप्त गर्ने सेवाबारे जानकारी गराइएको उनले बताए । समुदाय स्तरीय जवाफदेहिताबारे निड्स नेपालकी कार्यक्रम अधिकृत रुचि रानामगरले स्पष्ट पारेकी थिइन् ।

रिप्रडक्टिभ राइटका प्रभावर श्रेष्ठले गोदावारी नगरपालिकामा सञ्चालन भएको पाइलट परियोजना विस्तृत जानकारी दिएका थिए । कार्यक्रममा परियोजना सञ्चालनको उद्देश्य, तयारी र चुनौतिका बारेमा श्रव्यदृश्यका सामाग्री प्रस्तुत गरिएको थियो ।

सेन्टर फर रिप्रोडटिप राइटकी प्रविना बज्रचार्यले दुईवटा समूहलाई एक ठाउँमा राखेर काम गर्नुपरेको बताइन् । परियोजना सम्पन्न भएपछि प्राकृतिक जोखिममा प्रजनन स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा पालिकाले उपलब्धी हालिस गरेको विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : २६ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका