नागरिक स्वस्थ रहे देश स्वस्थ रहन्छ : सभापति थापा | Khabarhub Khabarhub

नागरिक स्वस्थ रहे देश स्वस्थ रहन्छ : सभापति थापा


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले नागरिक स्वस्थ रहेमात्र देश स्वस्थ रहने बताएका छन् ।

कैलालीको गोदावारी नगरपालिकामा सञ्चालित अधिकारमा आधारित यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सेवामा पहुँच सुदृढीकरण परियोजना समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

रोग लागे पनि नदेखाउने प्रवृत्ति अन्त्य हुनुपर्ने, स्थानीय तहमा प्रजनन् स्वास्थ्यमा सचेतना अभिवृद्धि गर्नुपर्ने र शिक्षा, स्वास्थ्य र विकासमा राजनीति गर्न नहुने सभापति थापाले बताए ।

गोदावारी नगरपालिकामा ‘पाइलट प्रोजेक्ट’का रुपमा सेन्टर फर रिप्रोडक्टिभ राइट, केयर, महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी), निड्स नेपाल र ह्युमननिट्रेन पार्टनरसिप प्लेटफर्मले परियोजना सञ्चालन गरेका थिए ।

विपद् व्यवस्थापन नीति तथा योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्दै आपतकालीन अवस्थामा पनि सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको कन्सोर्टियम प्रोजेक्टका प्राविधिक संयोजक शंकर धामीले जानकारी दिए ।

संयोजक धामीले सामुदायिक जवाफदेहिता संयन्त्रको स्थापना तथा कार्यान्वयन, विपद् तयारी, प्रतिकार्य र पुनर्स्थापनासँग सम्बन्धित कानुन र नीतिहरुमा प्रमाण–आधारित वकालत, स्वास्थ्यकर्मी तथा मानवीय सहायता प्रदायकको क्षमता विकास र विपद् अनुगमन प्रणालीमा यौन तथा प्रजनन स्वास्थ्यका सूचकहरु समावेश गरी कार्यान्वयनका लागि मानवअधिकार संस्थाहरुसँग पैरवी गर्ने परियोजनाको मूल उद्देश्य रहको बताए ।

नगरपालिकासँग समन्वय गरेर परियोजना सञ्चालन भएको नगर उपप्रमुख शारदादेवी रोकायाले बताइन् । उपप्रमुख रोकायले परियोजना पूर्णरुपमा सफल रहेको र यस्ता कार्यक्रम पालिकामा निरन्तर सञ्चालन गरिराख्न आग्रह गरिन् । परियोजना सञ्चालनपछि गोदावरी नगरपालिकामा ऐन निर्माण भएको, स्वास्थ्य सचेतनामा उल्लेख्य वृद्धि भएको उनले बताइन् ।

परियोजना सम्पन्न भएपछि गोदावरी नगरपालिकाले सुरक्षित मातृत्वमा ठूलो उपलब्धी भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । पालिकामा १८ वटा स्वास्थ्य संस्था रहे पनि सेवाका बारेमा सुसूचित नभएको उनले बताए ।

पालिकामा १०७ जना स्वास्थ्यकर्मी रहे पनि सबै समेट्न नसकेको, स्वास्थ्य स्वयमसेवकले ६ महिनादेखि तलब नपाएको, प्रदेश र केन्द्रले निःशुल्क उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराउने जस्ता स्वास्थ्य क्षेत्रका समस्या उनले सुनाए ।

केयर नेपालका कालिदास जोशीले २१ वटा वडामा २१ वटा समुदाय गठन गरी सहजकर्ता तोकेर काम गरेको बताए । समुदायले प्राप्त गर्ने सेवाबारे जानकारी गराइएको उनले बताए । समुदाय स्तरीय जवाफदेहिताबारे निड्स नेपालकी कार्यक्रम अधिकृत रुचि रानामगरले स्पष्ट पारेकी थिइन् ।

रिप्रडक्टिभ राइटका प्रभावर श्रेष्ठले गोदावारी नगरपालिकामा सञ्चालन भएको पाइलट परियोजना विस्तृत जानकारी दिएका थिए । कार्यक्रममा परियोजना सञ्चालनको उद्देश्य, तयारी र चुनौतिका बारेमा श्रव्यदृश्यका सामाग्री प्रस्तुत गरिएको थियो ।

सेन्टर फर रिप्रोडटिप राइटकी प्रविना बज्रचार्यले दुईवटा समूहलाई एक ठाउँमा राखेर काम गर्नुपरेको बताइन् । परियोजना सम्पन्न भएपछि प्राकृतिक जोखिममा प्रजनन स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा पालिकाले उपलब्धी हालिस गरेको विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : २६ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका