‘नमूना युवा संसद २०८१’ सम्पन्न « Khabarhub

‘नमूना युवा संसद २०८१’ सम्पन्न


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद सचिवालयको आयोजना, यूएनडीपी संसद सहयोग परियोजना र युवोदय नेपालको सहकार्य तथा मेगा कलेज, कुमारीपाटीको शैक्षिक साझेदारीमा आयोजित नमूना युवा संसद २०८१ कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलको सभाहलमा सम्पन्न भएको छ।

तीन दिवसीय कार्यक्रममा काठमाडौँ उपत्यकामा कानून संकाय अध्यापन गराउने ३१ विद्यालयका १३१ विद्यार्थीहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ । सहभागीहरूले नेपालको संघीय संसद सञ्चालन, संसदको दैनिक कार्यसूची, कानुन निर्माण प्रक्रिया, संसदमा प्रधानमन्त्रीको सम्बोधन, मन्त्रीको जवाफलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव, सहसचिव, सेवानिवृत सचिव, नेपालव्यापी युवाहरुलाई नमूना युवा संसदबारे प्रशिक्षण दिँदै आएका प्रशिक्षकहरुका साथै कानुन व्यवसायी समेत गरी ७ जना प्रशिक्षकहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सभामुख देवराज घिमिरेले अनलाईन मार्फत सम्बोधन गर्दै आफ्नो अनुभव साट्ने तथा सहभागीहरुलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले युवाहरूको समर्पण र सक्रियतामा सकारात्मक दृष्टिकोण राख्दै भविष्यमा यस्ता कार्यक्रमहरू थप सञ्चालन हुनुपर्ने धारणा राखेका थिए । उनले सहभागीहरुलाई राज्य सञ्चालनको विषयमा निरन्तर चासो राख्न सुझाव दिँदै भोलिको दिनमा नेतृत्व तहमा पुग्न शुभकामना समेत दिएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ०८ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि