लेउती खोलाले बगाउँदा धरान–धनकुटा सडक अवरुद्ध « Khabarhub

लेउती खोलाले बगाउँदा धरान–धनकुटा सडक अवरुद्ध


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

धनकुटा– शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक अवरुद्ध भएको छ ।

खोलाले सडक बगाएपछि तराई–मधेसबाट धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमसहितका पहाडी जिल्ला जाने यातायात पूर्णरूपमा ठप्प भएको छ ।

लेउती खोलाले धरान–धनकुटा सडकको फेदीमा करिब ५० मिटर बाटो बगाएको छ ।

रातिदेखि नै यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्नीमा परेका छन् । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

पूर्वी नेपालमा शुक्रबार मुसलधारे वर्षा भएको थियो । वर्षाका कारण भएको क्षतिको थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ७ : ३२ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना