अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव, गाउँपालिकामा सार्वजनिक बिदा « Khabarhub

अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव, गाउँपालिकामा सार्वजनिक बिदा


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८,०९१ मिटर) हिमालको सफल आरोहणको ७५ औं वार्षिकोत्सव (हिरक महोत्सव) को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालबाट सन् १९५० जुन ३ (२००७ साल जेठ २०) मा पहिलोपटक अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो ।

उक्त ऐतिहासिक दिनको सम्झनामा गाउँपालिकाले आगामी जेठ २० गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत बैशाख २९ गतेको गाउँ कार्यपालिकाको बैठकबाट गरिएको निर्णय अनुसार अन्नपूर्ण गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ।

यो निर्णय अनुसार जेठ १६ गते राजपत्रमा समेत सूचना प्रकाशित गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार अन्नपूर्ण दिवसलाई ऐतिहासिक र गौरवपूर्ण रुपमा मनाउन बिदा दिने निर्णय गरिएको हो ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालले अन्नपूर्ण आरोहण गरेको ७५ वर्षको अवसरमा हर्जोगका छोरा र नातिको उपस्थितिमा विशेष समारोह गर्न लागिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ८ : १७ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि