अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव, गाउँपालिकामा सार्वजनिक बिदा « Khabarhub

अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव, गाउँपालिकामा सार्वजनिक बिदा


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८,०९१ मिटर) हिमालको सफल आरोहणको ७५ औं वार्षिकोत्सव (हिरक महोत्सव) को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालबाट सन् १९५० जुन ३ (२००७ साल जेठ २०) मा पहिलोपटक अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो ।

उक्त ऐतिहासिक दिनको सम्झनामा गाउँपालिकाले आगामी जेठ २० गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत बैशाख २९ गतेको गाउँ कार्यपालिकाको बैठकबाट गरिएको निर्णय अनुसार अन्नपूर्ण गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ।

यो निर्णय अनुसार जेठ १६ गते राजपत्रमा समेत सूचना प्रकाशित गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार अन्नपूर्ण दिवसलाई ऐतिहासिक र गौरवपूर्ण रुपमा मनाउन बिदा दिने निर्णय गरिएको हो ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालले अन्नपूर्ण आरोहण गरेको ७५ वर्षको अवसरमा हर्जोगका छोरा र नातिको उपस्थितिमा विशेष समारोह गर्न लागिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ८ : १७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब