भोकमरी, सेल्टरमा इजरायली आक्रमण र अनियन्त्रित राहत वितरण | Khabarhub Khabarhub

भोकमरी, सेल्टरमा इजरायली आक्रमण र अनियन्त्रित राहत वितरण

गाजाको पीडा


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एकातर्फ इजरायली नरसंहार, अर्कोतर्फ हमासको एकोहरो रटान। यसका बिच अहिले गाजाको दुःख र पीडा मानव सभ्यतालाई नै कलङ्कित बनाउने गरी बाहिर आएको छ। प्रत्येक दिन मानिसको ज्यान गएको छ। राहत सामग्री वितरणमा गोली चलेको छ। राहत लिन हारालुछ भएको छ। त्यहाँ पनि थिचिएर मानिस मारिएका छन्।

राष्ट्र संघले नै राहत वितरण गर्न सकेको छैन। ७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आक्रमण गर्दै १२०० भन्दा बढीको ज्यान लिनुको साथै २५१ जनालाई बन्दी बनाएको थियो। त्यस लगत्तै इजरायलले हवाई आक्रमण सुरु गरेको थियो। अहिलेसम्म करिब ६० हजार प्यालेस्टाइनीले ज्यान गुमाएका छन्।

यसका बाबजुद समस्याको समाधानका लागि नत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको चासो छ, नत हमासको। हमास बारम्बार पूर्ण शान्ति र इजरायली सेनाले प्यालेस्टाइन पुरै खाली गर्ने रटान लगाइ रहेको छ। नेतान्याहु युद्ध विराम लागु नभएसम्म युद्धका सामान्य मापदण्ड पनि लागु गर्न तयार छैनन्।

राष्ट्र सङ्घलाई राहत वितरणमा अवरोध
११ साता भन्दा बढी समय अवरोध गरिएपछि गाजामा अहिले गाजा ह्युमेनेटेरियन फाउन्डेसन (जिएचएफ)मार्फत राहत वितरण गरिएको छ। दुई दिन अघि जिएचाएफले गाजामा राहत वितरण सुरु गरेको थियो। सुरु हुने बित्तिकै उखरमाउलाको गर्मीको समेत बेवास्ता गरेर धेरै दिनदेखि भोकमा छटपटाएका १० किलो मिटर भन्दा बढी पैदल यात्रा गर्दै राहत लिन पुगेको भीडले हारालुछ गरेको दृश्य सार्वजनिक भएको थियो।

२० लाख प्यालेस्टाइनीका लागि चार स्थानबाट राहत वितरण सुरु गरिएको हो। यसअघि राष्ट्र संघले राहत वितरण गर्दा चार सय स्थान राखिएको थियो। चार वटा राहत वितरण केन्द्र मध्ये ३ वटा रफहामा राखिएको हो। रफहा त्यही स्थान हो, जहाँबाट इजरायली सेनाले ठाउँ खाली गर्न उर्दी जारी गरेको छ। अर्को राहत वितरण केन्द्र केन्द्रीय गाजामा छ। त्यहाँ धेरै विस्थापित भएकाको सेल्टर छ। गाजाको उत्तरी क्षेत्रमा कुनै राहत वितरण केन्द्र छैन।

राहत वितरणमा मानिसको भीड भएकै समयमा इजरायली सेनाले हवाई फायर गरेको थियो। त्यसपछि आत्तिएर भएको भाग दौडमा नै मानिसले ज्यान गुमाउन सुरु गरेका हुन्।

राहत वितरण सुरु भएको केही घण्टामा नै तीन जना प्यालेस्टाइनीले ज्यान गुमाएका थिए। जिएचएफले पहिलो दिन आठ हजार बाकस वितरण गरिएको बताएको छ। उनीहरूले सो दाबी गरे पनि बाकसमा चार केजीको सामग्री भएको बताइएको छ। गाजामा अहिले पानी र विद्युतको पनि समस्या छ। यसै समस्याका कारण अहिले त्यहाँको अवस्था अझ खराब बनेको छ।

राहत वितरण गर्ने संस्था जिएचएफ
समाचारमा जनाइए अनुसार जिएचएफ इजरायली र अमेरिकी समर्थनमा भर्खरै स्थापित भएको हो। गाजा क्षेत्रमा तीन महिना राहत वितरण गर्न नसकेपछि स्थापित विकराल अवस्थामा सहज रूपले राहत वितरण गर्ने क्षमता नै जिएचएफसँग नभएको जिकिर गरेको छ।

गाजामा बन्देज खुला गर्दै राहत वितरण सहज बनाउन इजरायललाई सबै पक्षबाट दबाब बढ्दै गएपछि जिएचएफले वितरण गरेको हो। सुरुमा यो संस्थालाई निगरानीमा राखी रहेका अमेरिकी भेट्रान सैनिक ज्याक उडले ‘मानवता, स्वतन्त्रता, भेदभाव सहित र तटस्थ’ को नीति लागु गर्न असफल भएको भन्दै राजीनामा दिइसकेका छन्।

राष्ट्र सङ्घका मानवीय राहतका प्रमुख टम फ्लेटचरले राहत वितरण सैन्य र राजनीतिक इच्छा अनुसार सुरु भएको गुनासो गरेका छन्।

गाजामा भोकमरीको समस्या
इजरायलले गरेको लगातारको आक्रमणका कारण इजरायलमा अहिले प्रत्येक ५ मध्यको एक जना भोकमरीको जोखिममा छन्। फुड सेक्युरिटी फेज क्लासिफिकेसन९आइपिर्सीको रिपोर्ट अनुसार गाजामा १९ लाख भन्दा बढी व्यक्ति तथा ९३ प्रतिशत भन्दा बढीले आवस्यक भन्दा कम खाद्यान्न पाइ रहेका छन्। आइपिसीले त्यस क्षेत्रमा मानिसहरू थप समस्यामा पर्ने जनाइएको छ।

सर्वसाधारणमाथि गोली प्रहार
बाटोमा हिँडी रहेका गाजाबासी माथि गोली प्रहार गर्न इजरायली सेनालाई कुनै निहुँ चाहिँदैन। इजरायल र अधीनस्थ वेस्ट बैकलाई विभाजन गर्ने ग्रिन लाइनमा रहेको कफ्र कसिममा दुई जनालाई गोली हानेर मारिएको छ। यो सहित एकै दिनमा ५ जना मारिएका हुन्।

यसरी इजरायली सेनाले बिना कारण गोली हानेर यस वर्ष मात्र ९९ जनाको ज्यान लिइसकेको छ। सन् २०२३ मा २२२ तथा सन् २०२२ मा २२१ जना मारिएका थिए।

युद्ध विरामको प्रस्ताव नमानेको हमासले एक दिन अघि अमेरिकाले राखेको प्रस्तावलाई पनि अस्वीकार गरेको छ। सो प्रस्तावले युद्धलाई नै निरन्तरता दिने भन्दै हमासले अस्वीकार गरेको हो। अमेरिकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी प्रस्तावलाई इजरायलले स्वीकार गरिसकेको बताएकी छिन्।

हमासले भने आफ्नो कुनै पनि माग सो प्रस्तावमा समावेश नभएको बताएको छ। अमेरिकाले राखेको प्रस्तावमा सुरुवातमा ६० दिन युद्ध विराम गर्ने, सोही समयमा हमासले बाँकी रहेका जीवित या मृतक २८ बन्दी पहिलो साता नै रिहा गर्ने छ। यसको बदलामा जेलबाट १२३६ इजरायली जेलबाट छाड्ने छ। त्यसै गरी मरिसकेका १८० प्यालेस्टाइनीको शव पनि दिने कुरा सो प्रस्तावमा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा कतार र इजिप्ट सहितको समन्वयमा सो प्रस्ताव तयार भएको हो। हमासले सधैँका लागि इजरायली सेनाले गाजा छाड्नु पर्ने तथा निर्बाध राहत वितरणको माग राखेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले स्थायी युद्ध विरामकै लागि आफूले प्रयास गरेको बताउँदै त्यसका लागि यो पहिलो पाइला भएको बताएका छन्। मध्यपूर्वमा रहेका इजरायली दूत स्टिफ विटकोफले पनि सोही कुरा राखेका छन्। यसमा हमास विश्वस्त हुन सकेको छैन। ६ साता लामो युद्ध विराम भङ्ग गर्दै इजरायलले १८ मार्चमा फेरी युद्ध सुरु गरेको थियो।

त्यस पछि नै ४ हजार जनाको ज्यान गएको छ भने ५४ हजार विस्थापित भएको जनाइएको छ। ७ अक्टोबर २०२३ यताका दिनमा गाजाको अवस्था हरेक दिन विकराल बन्दै छ। हमास र इजरायलको कारण हरेक दिनको दुख र पीडाले मानव सभ्यतालाई नै गिज्याइरहेको छ। स्रोतः बिबिसी, अल जजिरा

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ९ : ०५ बजे

छ महिनापछि घर फर्किए तिङ्करवासी

दार्चुला– दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरू छ महिनापछि

उत्पीडितको आवाज दबाउने राज्यको प्रतिशोधात्मक प्रवृत्ति

नेपालमा हालका दिनहरूमा देखिएको ‘राजनीतिक स्थिरता’ भन्ने शीतल आवरणभित्र राज्यले

थोप्लो मेसिन : नेपाली कृषिमा प्रविधि र परम्पराको सम्मिश्रण

काठमाडौं– नेपालको कृषि क्षेत्र परम्परागत ज्ञान र अनुभवले पुस्तौंदेखि माटो

नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुख जेरेड इसाकम्यानलाई फिर्ता बोलाएका

मुग्लिन नजिक टिपर दुर्घटना, घाइते चालकको उद्धार  

काठमाडौं– भरतपुर महानगरपालिका-२९ गाइघाटस्थित मुग्लिन नारायणगढ सडक खण्डमा टिपर दुर्घटना