प्रेस युनियन काठमाडौंले स्वास्थ्य शिविर आयोजना गर्ने « Khabarhub

प्रेस युनियन काठमाडौंले स्वास्थ्य शिविर आयोजना गर्ने


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रेस युनियनको काठमाडौं शाखाले आइतबार बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । संगठनको ३४ औँ स्थापना दिवसको अवसर पारेर काठमाडौं शाखा अनामनगरमा बृहत स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

युनियनको स्थापना दिवसको उपलक्ष्यमा अनामनगरको समाजिक विकास भवनमा सञ्चारकर्मीहरूका लागि आइतबार स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला अध्यक्ष महेश गौतमले जानकारी दिए ।

उनले वीर अस्पतालका विशेषज्ञबाट स्वास्थ्य र तिलगंगा आँखा अस्पतालका विशेषज्ञबाट आँखाको जाँच हुने बताए । यस्तै भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञबाट महिलाहरूको पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रगत र युरिनको जाँच गरिने छ । यस्तै चिरायु डेन्टल केयरका चिकित्सकले दन्त परीक्षण गर्ने गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ३ : ३२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको