महिलालाई आत्मनिर्भर बनाउन एकमहिने हस्तकला सीप « Khabarhub

महिलालाई आत्मनिर्भर बनाउन एकमहिने हस्तकला सीप


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन हस्तकला सीप सिकाएको छ । 

स्थानीय स्रोतसाधनको प्रयोग गरी स्वरोजगार र महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिम प्रदान गरेको हो । 

तालिम प्रशिक्षक राप्ती सोनारी–४ बैजापुरकी कल्पना थारुले थाकलको पात र मकैको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सीप सिकाइएको बताइन् । 

सीपले गाउँघरमा खेर गएका कच्चापदार्थबाट टोपी र झोला बनाउन सकिने भएपछि राम्रो आम्दानी हुने आशा जागेको स्थानीय उमा थारूको भनाइ छ।  उत्पादन गरिएका सामान बिक्रीवितरण गर्न सकिए पारिश्रमिक राम्रो पाइने  हुनाले आफूले सीप सिकिरहेको उनले बताइन्। 

गाउँपालिका अध्यक्ष तप्त पौडेलले हाल ६० महिलाले मकैको पोस्कर, खोस्टा तथा थाकलको पातबाट विभिन्न हस्तकलाका सामग्री बनाउने सीप सिकिरहेको बताए। सीप सिकेपछि महिलाले बनाउने सामग्री ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौँले बजारीकरण गर्नेगरी सम्झौता भएको उनले जानकारी दिए । पालिकाका नौवटै वडामा तयार भएका सामग्री संकलन गरेर बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरे।  

गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले लक्षित वर्गलाई प्राथमिकतामा राखेर सीपमूलक तालिम सञ्चालन गरिएको बताए।

‘अन्तरराष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित गाउँपालिकाले मकैको पोस्कर र थाकलबाट बनाइने झोला र टोपी उत्पादनका लागि जनशक्ति उत्पादन गरिरहेको छ’, उनले भने, ‘यसले एकातिर आयआर्जनमा टेवा पु¥याउनेछ भने अर्कोतर्फ हाम्रा उत्पादनहरू विदेश निर्यात हुँदा गाउँपालिकाको पहिचान हुने विश्वास गरेका छौँ ।’ 

तालिममा लक्षित वर्गअन्तर्गत कुमाल, वादी, खुना, मुक्तकमैया, मुक्त कम्लरी, द्वन्द्वपीडित, एकल महिलालगायतलाई प्राथमिकतामा राखेर तालिम दिने काम भइरहेको उपाध्यक्ष थारुले जानकारी दिए । 

गाउँपालिकाका नौवटै वडालाई लक्षित गरेर चार ठाउँमा तालिम भइरहेको छ । वडा नं १ को कुसुम, वडा नं २, ८ र ९ का लागि वडा नं ८ को वडा कार्यालयमा, वडा नं ३, ४ र ५ लाई लक्षित गरेर वडा नंं ४ को कार्यालयमा र वडा नं ६ र ७ लाई लक्षित गरेर अपाङ्गता पुनर्स्थापना केन्द्र फत्तेपुरमा तालिम सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ४ : १२ बजे

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव