प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै | Khabarhub Khabarhub

प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा प्रदेशसभा लक्षित सडक निर्माणअन्तर्गत दोस्रो चरणको काम सुरु हुने भएको छ । १२ अर्ब ७० करोडको लागतमा निर्माण हुने पक्की सडक निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

यहाँ ६४ प्रदेशभा निर्वाचन क्षेत्रमा दोस्रो चरणअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र पाँच किलोमिटर सडक कालोपत्र सडक निर्माण गरिने जानकारी दिइएको छ । 

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यादवले आठ जिल्लाका प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर सडक निर्माण हुने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार डिजिटल प्रविधिमार्फत शिलान्यास गरेसँगै सडक निर्माण शुभारम्भ हुने उनले जानकारी दिए। 

‘सडक निर्माणका लागि स्रोत सुनिश्चितता भएर निर्माणको प्रक्रिया अगाडि भइसकेको छ । ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयमार्फत भइसकेको छ । सडकको निर्माणकार्य तीन वर्षभित्र पूरा गरिने छ’, मन्त्री यादवले भने। 

कुल ३२० किमी सडकमध्ये पहिलो चरणमा २०० किमी सडकको निर्माण भइसकेको मन्त्रालयका निमित्त सचिव सञ्जयकुमार साहले जानकारी दिए । अब निर्माण गरिने सडकमध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्र गरिने उनले बताए । सडकको चौडाइ साढे पाँचदेखि सात मिटरसम्म हुनेछ । 

यस्तै, आठवटै जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक-एक वटा पक्की पुल निर्माण गरिने गरी प्रक्रिया अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ४ : ३५ बजे

माइडिया मासिक लक्की ड्र २०८२ का विजेता भए कार्की

काठमाडौं– होम अप्लायन्सेसद्वारा नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको ‘न्यू

विष्णुदेवी अस्पताल कीर्तिपुरमा अब २४सै घण्टा सेवा 

कीर्तिपुर– कीर्तिपुरस्थित विष्णुदेवी अस्पतालले २४ घण्टा आकस्मिक सेवा सुरु गरेको

ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकको आर्थिक समृद्धिसँग

जडीबुटी बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव (तस्बिरहरू)

काठमाडौं– जडीबुटीस्थित अरनिको बसपार्कमा यातायात व्यवसायीले सार्वजनिक यातायातले बन्दको समयमा

संविधान संशोधनको काम तत्काल सुरु गर्नुपर्छ : गगन थापा 

नेपालगञ्ज– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम