गणतन्त्रबाट पछाडि फर्कन असम्भव : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

गणतन्त्रबाट पछाडि फर्कन असम्भव : प्रधानमन्त्री ओली


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले निरङ्कुश हुकुमी शासन व्यवस्थालाई अन्त्य गर्दै जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका हुन्  । 

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।

उनले राजतन्त्र पक्षधरहरूले पहिला दिन पैसा दिएको मान्छे ल्याएको भन्दै दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गएको जिकिर गरे । अब राजतन्त्र फर्काउने नभइ देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने बाटोमा अघि बढ्नुपर्ने उनले बताए । उनले अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन खोजे लात्ताले हान्न सक्ने जिकिर गरे । प्रधानमन्त्री ओली संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्ने फेरि राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने धारणा राखे ।

उनले आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्ने उल्लेख गर्दै प्रणालीमा केही कुरा फेर्न परे यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्ने उल्लेख गरे । उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : ५५ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न