गणतन्त्रबाट पछाडि फर्कन असम्भव : प्रधानमन्त्री ओली « Khabarhub

गणतन्त्रबाट पछाडि फर्कन असम्भव : प्रधानमन्त्री ओली


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले निरङ्कुश हुकुमी शासन व्यवस्थालाई अन्त्य गर्दै जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका हुन्  । 

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।

उनले राजतन्त्र पक्षधरहरूले पहिला दिन पैसा दिएको मान्छे ल्याएको भन्दै दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गएको जिकिर गरे । अब राजतन्त्र फर्काउने नभइ देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने बाटोमा अघि बढ्नुपर्ने उनले बताए । उनले अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन खोजे लात्ताले हान्न सक्ने जिकिर गरे । प्रधानमन्त्री ओली संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्ने फेरि राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने धारणा राखे ।

उनले आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्ने उल्लेख गर्दै प्रणालीमा केही कुरा फेर्न परे यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्ने उल्लेख गरे । उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : ५५ बजे

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।