सोलु-ओखलढुङ्गाको सीमा विवाद समाधान गर्न कार्यदल गठन « Khabarhub

सोलु-ओखलढुङ्गाको सीमा विवाद समाधान गर्न कार्यदल गठन


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबीचको सिमाना विवाद समाधान गर्न कार्यदल गठन भएको छ । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने कार्यादेश छ । 

 जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न दुवै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले सीमा विवाद समाधानका लागि ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो । 

समितिका सदस्यहरुमा ओखलढुङ्गाका मालपोत अधिकृत निरकुमार ढुङ्गाना, नापी अधिकृत सविन विके, सोलुखुम्बुका नापी अधिकृत प्रमोद गुरागाइँ र मालपोत अधिकृत विदेश खनाल सदस्य रहेका छन् । 

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका –९ र सोलुखुम्बुको सिमानामा पर्ने तोलुगुम्बा बुलबुले क्षेत्रमा लामो समयदेखि विवाद छ । २०४३ सालमा यो क्षेत्र ओखलढुङ्गामा पर्ने भनिए पनि सोलुखुम्बुसँग विवाद छ। 

बैठकमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित दुवै जिल्लाका सुरक्षा समितिका सदस्यहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ६ : २० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको