सोलु-ओखलढुङ्गाको सीमा विवाद समाधान गर्न कार्यदल गठन | Khabarhub Khabarhub

सोलु-ओखलढुङ्गाको सीमा विवाद समाधान गर्न कार्यदल गठन


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबीचको सिमाना विवाद समाधान गर्न कार्यदल गठन भएको छ । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने कार्यादेश छ । 

 जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न दुवै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले सीमा विवाद समाधानका लागि ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो । 

समितिका सदस्यहरुमा ओखलढुङ्गाका मालपोत अधिकृत निरकुमार ढुङ्गाना, नापी अधिकृत सविन विके, सोलुखुम्बुका नापी अधिकृत प्रमोद गुरागाइँ र मालपोत अधिकृत विदेश खनाल सदस्य रहेका छन् । 

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका –९ र सोलुखुम्बुको सिमानामा पर्ने तोलुगुम्बा बुलबुले क्षेत्रमा लामो समयदेखि विवाद छ । २०४३ सालमा यो क्षेत्र ओखलढुङ्गामा पर्ने भनिए पनि सोलुखुम्बुसँग विवाद छ। 

बैठकमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित दुवै जिल्लाका सुरक्षा समितिका सदस्यहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ६ : २० बजे

मनहास नयाँ बिसिसिआई अध्यक्ष

मुम्बई– भारतका पूर्व घरेलु क्रिकेटर तथा प्रशासक मिथुन मनहास आइतबार

किसानको पिडा- दसैँ आयो, उखुको पैसा आएन

काठमाडौं–  नेपालीहरूको महान् पर्व दसैँ (विजया दशमी) दैलोमै आएको छ ।

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा

एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ।  अध्यक्ष