सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्छ : दाहाल « Khabarhub

सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्छ : दाहाल


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

व्यवस्थापन सङ्घ नेपालको आज यहाँ आयोजित पाँचौँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा उनले लोकतन्त्र, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली राजनीतिक उपलब्धि भएका बताए। उहाँले यी उपलब्धिको संस्थागत विकासमा जोड दिए ।

अध्यक्ष दाहालले देशको नीतिनिर्माणको स्थलमा आफू भएको नाताले ऐन, कानुन निर्माण, संविधान संशोधन वा अन्य जटिलता अन्त्य गर्न आफू क्रियाशील रहेको बताए । उनले सबैलाई संविधानको दायराभित्र रहेर गणतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउनुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ८ : ३९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका