हुम्लाको चङ्खेलीमा अज्ञात रोगले ३० भन्दा बढी पशु मरे « Khabarhub

हुम्लाको चङ्खेलीमा अज्ञात रोगले ३० भन्दा बढी पशु मरे


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हुम्ला– एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा बढी पशु मरेका छन् । गाउँपालिका– ६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशु मरेका हुन् ।

अचानक पशुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, १५ वटा गाई तथा १४ वटा गोरु मरेको स्थानीय हरिबहादुर शाहीले जानकारी दिए ।

यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशु मरेपछि ठूलो क्षति पुगेको छ ।

अधिकांश पशु जङ्गलतिर खर्क रहेकाले अन्य पशुबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाईगोरुसमेत थला परेका छन् । अज्ञात रोगको महामारीका कारण पशु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ ।

सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशु अझै बिरामी परेका स्थानीयले जनाएका छन् । गाउँपालिकाको पशु शाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।

यहाँ हिउँदका लागि पशुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लैजाने प्रचलन छ । (रासस)

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ७ : ३७ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य