बालुवाटारमा जुटे कांग्रेस र एमालेका शीर्ष नेता « Khabarhub

बालुवाटारमा जुटे कांग्रेस र एमालेका शीर्ष नेता


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशमा सत्ता संघर्ष चलिरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरू बालुवाटारमा जुटेका छन् ।

बागमतीमा वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा र कांग्रेस सांसद इन्द्र बानियाँबीचको कलहले प्रदेश सरकार समस्यामा परेका बेला दुई दलका नेता संवादमा जुटेका हुन् ।

सांसद बानियाँले बुधबार भएको मतदानबाट २२ मत ल्याउँदै लामालाई संसदीय दलको नेताबाट हटाइसकेका छन् । लामाले १४ मत मात्रै पाए । तर पनि लामाले संविधानअनुसार आफूले पद छाड्नु आवश्यक नरहेको अडान राखेका छन् ।

उता एमालेले भने कांग्रेस केन्द्रको संस्थागत निर्णय कुर्ने जनाएको छ । बुधबार नै बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसको संस्थागत निर्णयअनुसार अघि बढ्ने जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ४४ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र