खीर खाएर मनाइयो साउन १५ | Khabarhub Khabarhub

खीर खाएर मनाइयो साउन १५


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली समाजमा खीर खाएर साउन १५ मनाइएको छ । 

वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । 

दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । 

हाम्रो संस्कृति , हाम्रो परम्परा भन्दै राष्ट्रिय खिर दिवसका अवसरमा खिर आयोजक समितिले काठमाडौंको अनामनगरमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले साउन १५ मा खीर खाने संस्कृति मानवस्वास्थ्यसँग जोडिएको बताए ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । 

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १ : १२ बजे

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको

कर्मचारीहरुलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ : नाडा पूर्व अध्यक्ष दुलाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक

तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको

काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँमा गएर ऋण दिएका छन् : सिइओ शर्मा

काठमाडौं– भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर

शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे 

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूलाई शासक