तराई-मधेसमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन « Khabarhub

तराई-मधेसमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले तराई-मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा बिहीबार बसेको समितिले बैठकले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्थापन गरी तत्काल माग पुरा गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै देशका अन्य स्थानमा पनि खानेपानीको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कमला पन्तले जानकारी दिइन् ।

बैठकले मधेस प्रदेशलगायत देशैभर देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन गरी प्रतिवेदन बुझाउन सांसद उर्मिला अर्यालको संयोजकत्वमा समिति पनि गठन गरेको उनले बताइन् ।  

बैठकमा समिति सदस्यहरूले मधेसका जनताका लागि तत्काल खानेपानी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य नारायणकाजी श्रेष्ठले जनताको पहिलो आवश्यकताको रूपमा रहेका खानेपानीको उचित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

त्यस्तै समिति सदस्य बामदेव गौतमले सरकारले सक्रियताका साथ काम गर्ने हो भने मधेशका क्षेत्रमा खानेपानीको अभाव नहुने बताए । उनले चूरे क्षेत्र पहिलेदेखि नै सुख्खा क्षेत्र रहेकाले खानेपानी अभाव हुने कारण चुरेलाई देखाउनु उचित नहुने धारणा राखे ।

बैठकमा खानेपानी मन्त्रालयका अधिकारीहरूले सहज रूपमा खानेपानी उपलब्ध गराउन सरकारले बजेटका साथै आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ३ : २६ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक