‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या « Khabarhub

‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा लगाइएको ड्रागन फल (सिउडी फलमा) ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ ।
 
पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आएका धु्रवप्रसाद अधिकारी यस वर्ष उत्पादनमा गिरावट आउने बताउँछन्। ढुसिजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको उनले बताए। फलको बोक्रामा कालो दागहरू देखिँदा व्यवसायी र प्रयोगकर्ताले समेत कम प्रयोग गर्ने उनले बताए ।
 
उनले भने ‘अहिले उत्पादनको ५० प्रतिशत राम्रो निस्किएको छ । अन्यमा समस्या देखिएको छ ।’

औषधिको प्रयोगले यत्तिको भएको उनले बताए। 

राम्रो उत्पादन भएका फलहरू व्यवसायीले लैजाने गरेको बताउँदै उनले भने ‘ कालो दागहरु देखिएका फललाई सस्तोमा गाउँघरतीर बिक्री गर्नु परेको छ ।’ 

यो रोग देखिएको फल एक साता भित्र प्रयोग गरिसक्नु पर्ने उनले बताए। कृषि विकास कार्यालय चितवनकी बागबानी बिकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लाको २४ हेक्टर क्षेत्रफलमा लगाइएको यस फलमा समस्या देखिएको हो । ढुसिका कारण फलमा कोत्रे रोगको संक्रमण देखिएको हो । यो रोगका कारण फल पहेलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भई चाउरिने जस्ता समस्या देखिने गर्दछ । 

उनले भने, ‘बिरुवामा पहिले संक्रमण भएरपछि फलमा संक्रमण देखिने गर्दछ । बिरुवामा पहिलेनै थोप्ला–थोप्ला देखिने गर्दछ ।’
 
कोलेटोट्रिचम नामक ढुसिले यो रोग लाग्ने गर्दछ । फलमा यो रोग देखिएपछि बिस्तारै फल कालो हुनुका साथै फल फुट्ने गर्दछ । संक्रमित फल बजारमा बिक्री नहुने हुँदा समस्या आउने गरेको उनले बताए। यो रोग लाग्न नदिनका लागि बोटमा नै समस्या देखिएको समयमा कपर अक्सिक्लोराईडको प्रयोग गर्न सकिने उनले बताए। प्रतिलिटर पानीमा २ ग्राम यो औषधिको प्रयोग गरेर छर्न सकेमा समस्या नहुने उनको भनाइ छ ।

 उनले भने,’सुरुआती समयमा नै उपचार गर्न सके उत्पादन र बिक्री वितरणमा समस्या आउँदैन ।’ 

बोटमा देखिएको समस्यालाई समाधानका लागि चक्कुले खुर्किएर फङ्गीसाइडको प्रयोग गर्न सके उत्तम हुने उनले बताए।
 
यो रोग लाग्न नदिनका लागि समय समयमा निलो तुथो (बोडोपोष्ट एवं वोडो मिश्रण) को प्रयोग गर्न सकिने छ । बिरुवा रोप्दा चोटपटक लागेको बिरुवा नरोप्ने, रोग रहित बिरुवा लगाउने जस्ता काममा व्यवसायिक किसानले ध्यान दिनु पर्ने उनले जानकारी दिए। जिल्लामा अहिले वार्षिक २८८ मेट्रिकटन सिउडी फल उत्पादन हुँदै आएको छ ।
 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ३ : २३ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक