रञ्जितालाई निकाल्ने निर्णयपछि रेशमले भेटे देउवालाई « Khabarhub

रञ्जितालाई निकाल्ने निर्णयपछि रेशमले भेटे देउवालाई


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला उनले बिहीबार बूढानीलकण्ठ गएर कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन् ।

चौधरीले सभापति देउवासँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका छन् । उनले लेखेका छन्, ‘ राजनैतिक महत्वपूर्ण छलफल ।’

रेशमले बुधबार मात्रै प्रथम राष्ट्रिय भेलामार्फत् अध्यक्ष एवम् पत्नी रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेका थिए ।

नागरिक उन्मुक्तिले यसअघि नै सुदूरपश्चिम प्रदेश सरकार छाडिसकेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह विश्वासको मत परीक्षण तयारीमा रहेका बेला रेशमले कांग्रेस सभापतिलाई भेटेका हुन् ।

मुख्यमन्त्री शाहले बिहीबार अपराह्न प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ३ : ४१ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि