ऐतिहासिक सौग हिटी: सफाइ (तस्बिरहरू) « Khabarhub

ऐतिहासिक सौग हिटी: सफाइ (तस्बिरहरू)


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६औँ शताब्दीको ऐतिहासिक सौग हिटीलाई संरक्षण गर्ने उद्देश्यले बिहीबार मंगलबजारमा सफाइ अभियान सम्पन्न भएको छ ।

रोटरी क्लब अफ न्यतपोलाको नेतृत्वमा आयोजित यो कार्यक्रममा ललितपुर महानगरपालिका, ललितपुर महानगर प्रहरी, सौगल टोल सुधार समिति, र मंगलबजार प्रहरी चौकीको सक्रिय सहकार्य रहेको थियो ।

सिद्धि नरसिंह मल्लका भाइ ऋद्धि नरसिंह मल्लद्वारा निर्माण गरिएको यो हिटी केवल पानीको स्रोत होइन, ललितपुरको सांस्कृतिक सम्पदाको ज्वलन्त प्रतीक हो ।

कार्यक्रम संयोजक रोटेरियन प्रवीण महर्जनले चरणबद्ध रूपमा भएको सफाइ प्रक्रिया बारे जानकारी दिँदै भने, ‘पहिलो चरणमा पानी हटाउने काम गरियो, त्यसपछि खाँक्सी प्रयोग गरेर सफाइ, त्यसपश्चात् पानी पम्पले पखाल्ने, अनि अन्तमा वातावरणमैत्री रंगले सजावट गरियो ।’

कार्यक्रमपछि सहभागीहरूलाई खीर र आलु परिकारसहित भोजन गराइयो ।

क्लब अध्यक्ष रोटेरियन विष्णुकान्त घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘यस वर्ष हामी सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिनेछौँ। यो हिटी सफाइ त्यसैको सुरुआत हो। हामी आगामी दिनमा अझ धेरै यस्ता कार्यक्रम ल्याउनेछौँ।’

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ०५ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री