मोदीको भ्रमणले भारतीय पर्यटकको आगमन बढ्ने मालदिभ्सका पूर्वराष्ट्रपति नसिदको विश्वास | Khabarhub Khabarhub

मोदीको भ्रमणले भारतीय पर्यटकको आगमन बढ्ने मालदिभ्सका पूर्वराष्ट्रपति नसिदको विश्वास


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले आफ्नो मुलुकमा पर्यटकको सङ्ख्या बढ्ने बताएका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध बलियो हुँदा सबैलाई लाभ मिल्ने पनि उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति नसिदले मोदीको मालदिभ्स भ्रमणबाट भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरे । उनले भारतीय आर्थिक सहायतामा निर्माण भइरहेको हनिमाडु विमानस्थल चाँडै सम्पन्न हुने पनि विश्वास व्यक्त गरे ।

यस विमानस्थलको निर्माणकार्य पूरा भएको खण्डमा दक्षिण भारत र उत्तरी मालदिभ्सबीचको हवाई सम्पर्क सहज हुने जनाइएको छ । समस्याग्रस्त अवस्थामा रहेको मालदिभ्सको अर्थतन्त्रलाई भारतले ठूलो सहायता प्रदान गरेको पनि उनले उल्लेख गरे ।

मालदिभ्सको ६० औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी मालदिभ्स पुगेका हुन् । मालदिभ्समा मोदीलाई भव्य स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ८ : ३१ बजे

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव