पाकिस्तानको बलोचिस्तानमा शिक्षाको अवस्था दयनीय, साक्षरता दर ४० प्रतिशत मात्रै रहेको अध्ययनको निष्कर्ष « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा शिक्षाको अवस्था दयनीय, साक्षरता दर ४० प्रतिशत मात्रै रहेको अध्ययनको निष्कर्ष


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा साक्षरता दर अत्यन्त न्यून रहेको पाइएको छ । बलोचिस्तान विद्यार्थी कार्यसमिति (बीएसएसी) ले प्रान्तको साक्षरता दर केबल ४० प्रतिशत आसपास रहेको जनाएको हो । बीएसएसीले प्रान्तको राजधानी क्वेटामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

विगत ४ वर्षको विस्तृ अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको बीएसएसीले जनाएको छ । अध्ययनबाट प्रान्तका ९५ प्रतिशत विद्यालयमा खानेपानी, विद्युत्, पर्खाल, शौचालय र पाठ्यपुस्तकजस्ता आधारभूत सुविधा पनि नभएको पाइएको बीएसएसीले उल्लेख गरेको छ ।

उक्त पत्रकार सम्मेलनमा प्रान्तका ७० प्रतिशतभन्दा धेरै विद्यालय पूर्ण रुपमा ‘काम नलाग्ने’ अवस्थामा रहेको जानकारी दिइयो । विगत ७ दशकमा प्रान्तले राजनीतिक, सामाजिक र आर्थिक समस्या झेल्दै आएको र त्यसैको प्रभाव शिक्षा क्षेत्रमा परेको बीएसएसीले जनाएको छ ।

केन्द्र सरकारले प्रान्तबारे सधैँ सकारात्मक प्रचार गर्दै आएको भएपनि यथार्थमा अवस्था भने दयनीय रहेको बीएसएसीलाई उद्धृत गर्दै बलोचिस्तान पोस्टले जनाएको छ । अझ प्रान्तका दुर्गम क्षेत्रमा शिक्षाको अवस्था झन् दयनीय रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ८ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया