फिजीले भारतको सहयोगमा एक सय शैय्याको विशेषज्ञ अस्पताल निर्माण गर्ने « Khabarhub

फिजीले भारतको सहयोगमा एक सय शैय्याको विशेषज्ञ अस्पताल निर्माण गर्ने


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित टापु राष्ट्र फिजीले भारतको सहयोगमा नयाँ अस्पताल निर्माण गर्ने भएको छ । फिजीका उपप्रधान एवम् अर्थमन्त्री प्राध्यापक विमन प्रसादले भारतको सहयोगमा १ सय शैय्याको विशेषज्ञ अस्पतालको निर्माणकार्य चाँडै शुरु हुने बताएका हुन् ।

फिजीको राजधानी सुभामा आयोजित ट्रेड युनियन कंग्रेसको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री प्रसादले पछिल्लो समय आफ्नो मुलुकमा स्वास्थ्य उपचारको अवस्था अझ खराब बन्दै गएको स्वीकार गरे । अहिलेभन्दा सन् ७०, ८० र ९० को दशकमा फिजीको स्वास्थ्य सेवा राम्रो रहेको भन्ने विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै उनले आफ्नो सरकारले स्वास्थ्य सेवालाई विशेष प्राथमिकतामा राखेको पनि जानकारी दिए ।

द अस्ट्रेलिया टुडेका अनुसार उनले अबको पाँचदेखि सात वर्षमा फिजीको स्वास्थ्य प्रणाली ‘प्रथम स्तरको’ हुने पनि दाबी गरे । उनले देशभर रहेका अस्पताल र स्वास्थ्य सेवा केन्द्रको स्तरोन्नति र मर्मतमा सरकारले विशेष ध्यान दिइरहेको पनि जानकारी दिए ।

हाल अस्ट्रेलिया सरकारको सहयोगमा कदाभु क्षेत्रमा रहेको भुनिसा अस्पतालको स्तरोन्नति भइरहेको र राजधानी सुभामा रहेको कोलोनियल वार मेमोरियल अस्पतालको जिर्णोद्दारको काम पनि जारी रहेको उनको भनाइ छ । उनले हाल मुलुकभर २७ वटा स्वास्थ्य पूर्वाधार निर्माणको परियोजना सञ्चालन भइरहेको उक्त अवसरमा जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ९ : ०२ बजे

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल