विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित « Khabarhub

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ । गत जेठ १५ गते नेपालमा मनसुन भित्रिएको हो ।

यसपाली सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिए पनि देशभर त्यसअनुसार वर्षा हुन सकेको छैन । यद्यपि विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ ।

रसुवामा भने भारी वर्षा नै नभई गत असार २५ गते भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो । देशभर मनसुनपछि विपद्सहितका घटनामा ७२ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् ।

यस वर्ष मनसुन सुरु भएयता विपद्जन्य घटनाबाट बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । बागमती प्रदेशमा मात्रै विपद्जन्य घटनामा १६ जनाको मृत्यु भएको छ । सत्र जना बेपत्ता छन् ।

मनसुनजन्यसहित बागमती प्रदेशमा भएका विपद्जन्य २३१ घटनामा ६२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता, उपसचिव शान्ति महतले जानकारी दिए।

उपसचिव महतका अनुसार कोशी र लुम्बिनी प्रदेशमा १३÷१३ जनाको मृत्यु भएको छ । यो दुई महिनाको अवधिमा कोशीमा ३०० र लुम्बिनीमा १६२ विपद्जन्य घटना भएका थिए ।

ती घटनामा परेर कोशीमा ५० र लुम्बिनीमा ४५ जना घाइते भएका छन् । मधेस प्रदेशमा १५८ घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता र २० जना घाइते भएका थिए भने गण्डकी प्रदेशमा १०५ घटनामा १० जनाको मृत्यु र २६ जना घाइते भएका थिए ।

उपसचिव महतका अनुसार कर्णाली प्रदेशमा १२८ घटनामा आठ जनाको मृत्यु, एक जना बेपत्ता र ४३ घाइते तथा सुदूरपश्चिम प्रदेशमा १६२ घटनामा ६ जनाको मृत्यु र ५७ जना घाइते भएका थिए । सातै प्रदेशमा मनसुनबाट दुई हजार ९३८ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १० : ४६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल