पाकिस्तानमा फेरि भेटिए पोलियोका बिरामी « Khabarhub

पाकिस्तानमा फेरि भेटिए पोलियोका बिरामी


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा फेरि पोलियो रोगका बिरामी भेटिएका छन् । यस वर्षमात्रै पाकिस्तानमा पोलियोका १७ जना बिरामी फेला परिसकेका छन् ।

यसअघि गत जनवरी महिनामा मुलुकको खैबर पख्तुनख्वा प्रान्तमा पोलियोका बिरामी भेटिएका थिए । त्यसयताको आठ महिनामा पाकिस्तानका विभिन्न स्थानमा पोलियोका १७ जना बिरामी फेला परेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

पोलियो रोगको फैलावट रोक्नका लागि पाकिस्तानले यसै वर्षको शुरुदेखि खोप अभियान सञ्चालन गरेको छ । हालसम्म पाकिस्तानले ४ करोड ५० लाख बालबालिकालाई खोप दिइसकेको ट्रिब्युनले उल्लेख गरेको छ ।

पाकिस्तानका विभिन्न समुदायले पोलियो खोप अभियानको विरोध गर्दै आएका छन् । यस कारण त्यहाँ अझै पनि पोलियो उन्मूलन हुन नसकेको बताइन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ७ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया