छ महिनामा यमनमा अमेरिका र इजरायलको आक्रमणमा ७७६ जनाको मृत्यु « Khabarhub

छ महिनामा यमनमा अमेरिका र इजरायलको आक्रमणमा ७७६ जनाको मृत्यु


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

साना – सन् २०२५ को पहिलो छ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको छ। हुथी विद्रोहीद्वारा सञ्चालित अल-मसिराह टिभीले सार्वजनिक गरेको रिपोर्ट अनुसार मर्नेको संख्या ७७६ पुगेको हो।

राजधानी साना, रेड सीको बन्दरगाह शहर होदेइदा, सादा र अम्रान प्रान्तमा सबैभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको यमनी सञ्चारमाध्यमले जनाएका छन्।

गत अप्रिल २८ मा सादा प्रान्तको आप्रवासी हिरासत केन्द्रमा अमेरिकी हवाई आक्रमणमा ७० इथियोपियाली आप्रवासीको पनि मृत्यु भएको थियो।

अल–मसिराह टिभीले मारिएका र घाइते भएकाको विवरण उपलब्ध गराएको छैन र तथ्याङ्कहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन। हवाई आक्रमणले विमानस्थल, बन्दरगाह, विद्युत् र इन्धन स्टेसनका साथै कारखानालाई समेत निशाना बनाएको बताइएको छ।

गत मे महिनामा ओमानको मध्यस्थतामा हुथी विद्रोहीले लाल सागरमा अमेरिकी पानी जहाजलाई निशाना बनाउने काम बन्द गर्ने प्रतिबद्धता जनाएपछि संयुक्त राज्य अमेरिकाले हुथीविद्रोही माथिको आक्रमण रोकेको थियो।

यसैबीच, गाजामा इजरायल–हमास युद्धका बीच प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउन हुथी विद्रोहीले सन् २०२३ नोभेम्बरदेखि इजरायललाई लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनले निशाना बनाइरहेका छन्।

इजरायलले प्रतिकारलाई निरन्तर जारी राखेको छ। यस हप्ता उसले सानामा हुथी विद्रोहीको निशानामा दुई चरणको हवाई आक्रमण गरेको थियो, जसमा १० जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ९२ जना घाइते भएका थिए। मारिनेमा अधिकांश महिला र बालबालिका थिए, हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार इजरायली सेनाले बिहीबार हुथी कमाण्डरहरुको बैठकलाई लक्षित गरी दोस्रो श्रृङ्खला आएको जनाएको छ।

हुथी सञ्चारमाध्यमले समूहका जनरल स्टाफ प्रमुख मोहम्मद अब्दुलकरिम अल गुमारीलाई उद्धृत गर्दै कुनै हताहती नभएको बताएको छ। रासस/एएफपी

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : १३ बजे

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं– सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको

पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

बागमती– नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइँदै 

काठमाडौं– काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस नेपाल लगायत